बजेटपछि अर्थमन्त्री–गभर्नरको ‘अर्थपूर्ण’ भेट, पानी बाराबारको स्थिति अन्त्य भएकै हो ?

क्यापिटल

काठमाडौं

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध गलत नियत राखेर बनाएको जाँचबुुझ समितिलाई सर्वोच्च अदालतले वैधता नदिएपछि काममा फर्किएका गभर्नर अधिकारी र अर्थमन्त्री जनार्दन शर्माबीच बुधबार अर्थ मन्त्रालमा १५ मिनेट  कुराकानी भयो । 

सर्वोच्चले गभर्नर अधिकारीलाई पुनःस्थापना गरेपछि विभिन्न औपचारिक कार्यक्रममा आमनेसामने भए पनि अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच बोलचाल भएको थिएन । गभर्नर अधिकारीको नामसमेत सुन्न नचाहने अर्थमन्त्री शर्मा एकाएक कसरी ‘यु टर्न’ भए भनेर सर्वत्र चर्चा भइरहेको छ । 

सर्वोच्चले अधिकारीलाई गभर्नरका रुपमा उभ्याइदिए (२०७९ वैशाख ६ अल्पकालीन अन्तरिम आदेश) पछि अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच ‘वान टू वान’ वार्ता भएको बुधबार पहिलोपटक हो । 

सर्वोच्चले गभर्नर अधिकारीलाई निरन्तरता दिएपछि अर्थमन्त्री शर्माले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने चौतर्फी दबाब परेको थियो । चौतर्फी दबाबलाई बेवास्ता गर्दै बसेका अर्थमन्त्री शर्माले जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट संघीय संसदममा पेस गरे । 

प्रकाशित मिति: : 2022-06-09 14:30:00

प्रतिकृया दिनुहोस्