नेपाल जोर्डनसँग पराजित

File Photo
File Photo

एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग २-० अन्तरले पराजित भएको छ।

बुधबार राति कुवेत सिटीस्थित जाबिर अल अहमद स्टेडियममा  पहिलो हाफमा जोर्डनलाई रोकेको नेपाल दोस्रो हाफमा भने त्यसलाई निरन्तरता दिन सकेन। जोर्डनको जित अलि ओल्वन र हाम्जा अल दारदौरले एक एक गोल गरे।

पहिलो हाफमा नेपालका  गोलकिपर दीप कार्कीले पेनाल्टी बचाउँदा जोर्डम दबावमा आएको थियो। पहिलो आधिकारिक प्रतियोगितामै सुरुवाती एघारमा स्थान बनाएका दीपले  खेलको ४३औँ मिनेटमा जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाएका थिए। 

जितसँगै जोर्डनले पहिलो खेलबाट ३ अंक जोडेको छ। नेपाल बिनाअंक समूह बीको पुछारमा छ। आजनै भएको खेलमा आयोजक कुवेत इन्डोनेसियासँग १-० ले पराजित भयो। 

नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुतारीले युवा खेलाडीले राम्रो प्रदर्शन गरेको र जोर्डनलाई रोक्न असफल भएको बताए। यस खेलमा दीपसँगै बिकास तामाङले समेत नेपालका लागि डेब्यु गरेका छन्। सेन्ट्रल ब्याक बिकास पूरा समय मैदानमा बिताएका थिए।

अब नेपालले २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ।

प्रकाशित मिति: : 2022-06-09 05:53:00

प्रतिकृया दिनुहोस्