बिएल संवाददाता
पछिल्ला वर्षहरुमा नेपालमा सी–फुड (समुन्द्र खाना)को माग बढेको छ। प्रत्येक वर्ष डेढ अर्ब रुपैयाँभन्दा बढीको सी–फुड नेपाल भित्रने गरेको छ।
भन्सार विभागको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा विभिन्न देशबाट नेपालमा १ अर्ब २३ करोड ९२ लाख ८७ हजार रुपैयाँको सी–फुड नेपाल भित्रिएको छ।
सो मुल्यमा पछिल्लो दश महिनामा नेपालमा ४९ लाख ९८ हजार ३५ केजी सीफुड भित्रिएको विभागले जनाएको छ।
सालमोन, क्याटफिस, सिद्रामाछा, झिङ्गे माछा लगायतका विभिन्न प्रकारका माछाहरु, गँगटा, स्क्यालप, अक्टुपस लगायतका समुन्द्री जीवहरु नेपालले आयात गर्ने गरेको छ।
नेपालमा सी–फुडहरु भारत, थाइल्याण्ड, डेनमार्क, भियतनाम, चीन, नर्वे, मलेसिया, हङकङ, सिंगापुर, क्यानडा, बेलायत, दक्षिण कोरिया, कतार लगायतका देशबाट आउने गरेको छ।
विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट १ अर्ब ६९ करोड ८० लाख ६१ हजार रुपैयाँको ६३ लाख ४ हजार ९५२ केजी सी–फुड नेपालले आयात गरेको थियो।
आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ७६ करोड ५१ लाख ३६ हजार रुपैयाँको ६८ हजार ६५ हजार ९९५ केजी सी–फुड नेपाल भित्रिएको विभागले जनाएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया