सोमबार, १५ डिसेम्बर २०२५

सलमान खानलाई ज्यान मार्ने धम्की, मुम्बई प्रहरी ‘हाइ अलर्ट’मा

thebeet
• • •

बलिउड अभिनेता सलमान खानलाई अज्ञात समूहले एउटा पत्रमार्फत् ज्यान मार्ने धम्की दिएको छ।

उनीसँगै बुवा सलिम खानलाई धम्की पत्र आएको पारिवारिक स्रोतले जनाएको छ। मुम्बईस्थित बान्द्रा प्रहरीले धम्कीबारे थप अनुसन्धानका लागि एफआईआर दर्ता गरेको छ।

भारतीय कांग्रेसका नेता तथा पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यापछि मुम्बई प्रहरीले अभिनेता खानको सुरक्षा एकाएक बढाएको थियो। स्रोतका अनुसार मूसेवालाको हत्यामा जसको नाम आइरहेको छ, त्यही ग्याङ्स्टरले सन् २००८ मा सलमानलाई ज्यान मार्ने धम्की दिएको बताइएको छ।

मुम्बई प्रहरीले अभिनेता खानको सुरक्षा बढाएको एक हप्ता नपुग्दै धम्की आएको महाराष्ट्र प्रहरीका एक प्रवक्ताले जनाएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!