नेवारी परिकारको ‘जक्सन’ थापाथलीको ‘वैग’, जहाँ झल्किन्छ कल्चर

क्यापिटल

काठमाडाैँ

समयअनुसार पुराना रीतिरिवाजहरु बिस्तारै हराउँदै जान थालेका छन् । विदेशी कल्चरले छोप्दै लगिरहेको छ । काठमाडौं उपत्यकामा परम्परागत शैलीका घर तथा डिजाइन पाउनै मुस्किल छ । 

काठमाडौं, ललितपुर र भक्तपुर नेवारी समुदायको थातथलो हो । कुनै बेला यहाँ उनीहरुको परम्परागत तथा साँस्कृतिक खानपान हुन्थ्यो । तर, अहिले बिस्तारै खानाका परिकारहरु परिवर्तन हुँदै गएका छन् । 

भान्छामा होस् या खाना–खाजामा हामी नयाँ स्वादमा रमाउन खोजिरहेका हुन्छौं । यति हुँदाहुँदै पनि नेवारी कल्चरलाई जोगाउँदै खाना–खाजाको स्वाद चखाउने उद्देश्यले उपत्यकाभित्र विभिन्न रेष्टुराँ र होटलहरु खुल्ने क्रमले तीव्रता पाएको छ । 

यसै सन्दर्भमा नेवारी खाना–खाजा रुचाउने पारखीका लागि काठमाडौंको थापाथलीनजिकै खुलेको नयाँ रेष्टुराँ हो ‘वैग’ ।

प्रकाशित मिति: : 2022-06-03 15:47:00

प्रतिकृया दिनुहोस्