ज्योतिषीको सल्लाहमा प्रधानमन्त्री निवासबाट ढललाई पश्चिमतिर घुमाउन खोज्दा...

लोकान्तर

काठमाडाैँ

बालुवाटारस्थित प्रधानन्यायाधीश निवासको उत्तरतर्फको सडक हिलाम्मे र भद्रगोल छ । बालुवाटार रोडबाट लाजिम्पाट निस्किने उक्त सडक प्रधानन्यायाधीश र प्रधानमन्त्रीको सरकारी निवासको उत्तरतर्फको कम्पाउन्डसँगै सटेको छ । 

प्रधानमन्त्री निवासमा प्रवेश गर्ने उत्तरतर्फको गेट पनि सोही सडकसँगै जोडिएको छ, जसलाई बालुवाटारको एक नम्बर गेट भनिन्छ ।

पूर्व प्रधानमन्त्रीहरू र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू बालुवाटार प्रवेश गर्न सोही गेट प्रयोग गर्छन् ।

अहिले उक्त सडक प्रयोग गर्नै मुस्किल पर्ने अवस्थामा पुगेको छ ।

यसको मुख्य कारण हो– प्रधानमन्त्री निवासको उत्तरतर्फबाट प्रधानमन्त्री निवास हुँदै बाहिरिने भूमिगत ढलको बाटो परिवर्तन ।

उत्तरबाट दक्षिणतर्फ बगिरहेको उक्त ढलको बाटो परिवर्तन गरेर लाजिम्पाटतर्फ जाने सडकको किनारा हुँदै प्रधानन्यायाधीश निवासको पश्चिम पारेर टुकुचा नदीमा मिसाउन लागिएको छ । त्यसैका लागि सडक खनिएको छ ।

प्रकाशित मिति: : 2022-06-03 15:38:00

प्रतिकृया दिनुहोस्