पाेखरा-१८ मा ३ मतले चुनाव हारेपछि एमालेका थापाले हाले मुद्दा

File photo
File photo

पाेखरा महानगरपालिका-१८ काे वडाध्यक्षमा ३ मतले चुनाव हारेपछि एमालेका उम्मेद्वार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन्।

उनले चुनावमा खसेकाे मतभन्दा ९ मत कम भएकाे भन्दै त्यसकाे खाेजी गरिदिन मुद्दा हालेका हुन्।

उनले निर्वाचन आयाेग, मुख्य निर्वाचन अधिकृतकाे कार्यालय, मुख्य निर्वाचन अधिकृत र नवनिर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर मुद्दा दिएका हुन्। 

याे वडामा कांग्रेसका शिव तिमिल्सिनाले ३ मत अन्तरले चुनाव जितेका थिए। ५ हजार ८ सय ४३ मतदाता मध्ये यहाँ ४ हजार ३ सय ४८ मत खसेकाे थियाे।

गणनाका क्रममा ४ हजार ३ सय ३९ मत मात्र भेटिएकाे थियाे। मतपत्र सर्टिङ गर्ने क्रममा नै ९ मत गायव पारिएकाे थापाकाे आराेप छ। 

थापाले गणना सकिएपछि मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुन: गणनाकाे माग सहित निवेदन दिएका थिए। तर पुनः गणना हुन सकेन।

`हारजित स्वभाविक हाे। लाेकतन्त्रमा निर्णय मान्नुपर्छ,´ उनले भने, `तर खसेकाे मत त देखाउनुपर्याे नि। खसेकाे ९ मतकाे जवाफ चाहियाे।

उनले सत्य तथ्य छानबिन गरेर पुनः मतगणनाकाे माग राखेका छन्।

प्रकाशित मिति: : 2022-06-02 16:27:00

प्रतिकृया दिनुहोस्