तिलोत्तमाको कार्यपालिकामा एमालेको प्यानलै विजयी

तिलोत्तमा नगरपालिकाको नगरकार्यपालिकामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। बुधबार तिलोत्तमामा भएको कार्यपालिका निर्वाचनमा आठै जना सदस्य एमालेबाट विजयी छन्।

एमालेले तिलोत्तमा नगरपालिकाका १७ वटा वडामध्ये ८ वटामा विजय हासिल गरेको थियो। नेपाली काँग्रेसले ९ वटा वडा जितेको थियो। कुल ८७ पदमध्ये एमाले ४५ पदमा विजयी भएको थियो। 

बुधबार भएको कार्यपालिका सदस्यको निर्वाचनबाट महिला सदस्यमा तारा सुनार, राधा शाही, देवकी थारु र सावित्रा आचार्य, दलित तथा अल्पसंख्यकबाट सुरेन्द्र श्री, रवि सेन्चुरी, नरबहादुर छन्तेल तथा अन्यबाट लक्ष्मण घिमिरे निर्वाचित भएका हुन्।

प्रकाशित मिति: : 2022-06-01 18:54:00

प्रतिकृया दिनुहोस्