‘कबड्डी ४’ की नायिका मिरूनाविरुद्ध प्रदर्शन (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं

‘कबड्डी-४’ की नायिका मिरुना मगरविरुद्ध प्रदर्शन सुरु भएको छ। चाबहिलस्थित केएल टावर नजिकै प्रदर्शन गरिएको हो। प्रदर्शनकारीहरूले नायिका मगरले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्।

उनीहरूले चलचित्र ‘कबड्डी-४’ को पोस्टरसमेत जलाएका थिए। मिरुनाले आफूमाथि ब्याड टच गरेको भन्दै एकजना बौद्ध भिक्षु फुर्वा लामालाई झापड हानेकी थिइन्। उनले आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीको जिम्मा लगाएकी थिइन्।

तस्बिरहरू:

 

प्रकाशित मिति: : 2022-05-31 14:15:00

प्रतिकृया दिनुहोस्