शपथमा बालेनको बदलिएको गेटअप, तर छाडेनन् चस्मा

उकेरा

कृष्पा श्रेष्ठ

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर-उपमेयरसहितका जनप्रतिनिधिहरूले आज पदबहाली गरे। पद तथा गोपनीयताको शपथ ग्रहण गरे।

राष्ट्रिय सभा गृहमा आयोजित शपथ ग्रहण कार्यक्रममा मेयर बालेन्द्र साह उर्फ बालेन भादगाउँले टोपी र दौरा सुरुवालमा सजिएर आएका थिए।शपथका लागि बालेनले गेटअप बदलेर आएका थिए। तर चस्मा भने छाडेनन्।

यता उपमेयर सुनिता डङ्गोल ढाका चोली र सारीमा थिइन्।

बालेन एक्लै आएका थिएनन्। श्रीमतीसहित आएका थिए। श्रीमती बालेनको छेवैमा बसिन्। फूलमाला र अबीर पनि लगाइन्। बालेन बीचमा बसे। दाहिनेपट्टी श्रीमती थिइन्। देब्रेपट्टी उपमेयर सुनिता।

प्रकाशित मिति: : 2022-05-30 16:43:00

प्रतिकृया दिनुहोस्