‘असभ्यता’ अमेरिकाको इतिहास हो अर्थात् यो मुलुक नै कब्जा गरिएको भूमि र शोषण गरिएको श्रममाथि ठडिएको हो
अहिले ‘सभ्यता’ एक सांस्कृतिक लगाव बनेको अर्थात् सबैजना शिष्ट हुने हो भने सबै किसिमका असहमति र फरक विचारलाई सम्बोधन गर्न सकिन्छ । वास्तवमा अहिलेको समयलाई असभ्यताले गाँजेको छ । र, अमेरिकामा कैयौँको मृत्यु हुने गरी दोहोरिइरहने सामूहिक गोलीकाण्डका सन्दर्भमा राजनीतिक संस्थापनभन्दा बढी असभ्य अरू केही छैन । वयस्क, स्कुले बालबालिका, शिक्षकदेखि पसलमा खरिद–बिक्री गर्ने व्यक्ति कोही पनि बन्दुक त्रासदीबाट अछुतो छैन ।
केही दिनअघि टेक्सासमा भएको गोलीकाण्डमा कमसेकम १९ बालबालिका र दुई शिक्षक मारिएका छन् । तर, यो भयावह मृत्युसंख्याले संस्थापनलाई छुनेछैन । हरेकपटक हामीलाई यी दोहोरिइरहने हिंसालाई प्रत्यक्ष वा परोक्ष रूपमा सहनुपर्छ भन्ने बताइन्छ । यी गोलीकाण्डमा हामी, हाम्रा सन्तान वा प्रियजन नपरून् भन्ने आशा मात्रै गर्न सक्छौँ । र, यदि हामी आक्रोशित हुन्छौँ वा विरोध प्रदर्शन गर्छौं भने हामीलाई सभ्यताको पाठ सिकाइन्छ । हामीलाई शान्त रहन र आफ्नो रिसलाई मतदानबाट पोख्न नसिहत दिइन्छ ।