तिलोत्तमाको मेयरमा रामकृष्ण खाँण विजयी

रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन्।

उनले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईँले पराजित गरेका हुन्। अहिले करिब ५ सय मत गणना बाँकी नै छ तर खाँण ८ सय मतले अगाडि छन्। 

उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार जगेश्वरीदेवी चौधरी भारी मतान्तरसहित विजयी भएकी छन्।

उपमेयर चौधरीले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमन्त पाण्डेलाई पराजित गरेकी हुन्। चौधरी निवर्तमान उपमेयर समेत हुन्।

प्रकाशित मिति: : 2022-05-27 06:23:00

प्रतिकृया दिनुहोस्