असहाय बालबालिकालाई निशुल्क शिक्षा र विपन्नलाई स्वास्थ्य बीमा गरिदिने गुर्भाकोट नगगरपालिकाको निर्णय

बिएल संवाददाता

 नेपालगन्ज

सुर्खेतको गुर्भाकोट नगगरपालिकाका नवनिर्वाचित नगर प्रमुख हस्त पुन र उपप्रमुख मैना बिकले बिहिवार पदभार ग्रहण गरेका छन्।

पदभार गर्दै पहिलो बैठकले गुर्भाकोट नगरपालिका भित्ररहेका असहाय तथा अनाथ बालबालिकालाई माध्यमिक तहसम्म आवासीय सुविधा सहित निशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको हो।

त्यस्तै गुर्भाकोट नगरपालिकाका बिपिन्न घर परिवारका लागी निशुल्क स्वास्थ्य बीमा लागु गर्ने निर्णय गरिएको छ।

आर्थिक अभावका कारण कोहि पनि शिक्षा र स्वास्थबाट बन्चित नहोस् भन्ने उदेश्य राखेर यी दुईवटा निर्णय भएको हो।

दोस्रो कार्यकालका लागि दोहोरिएका नगरप्रमुख पुनले पहिलो कार्यकालमा बसाएको बिकासको जग र अधुरा कामहरु पूरा गर्ने बताए।

प्रकाशित मिति: : 2022-05-26 19:29:00

प्रतिकृया दिनुहोस्