काठमाडौंमा अब ३ वटा वडाको मतगणना बाँकी, कसले कति भाेट पाए ?

काठमाडौं महानगरपालिकाको मेयरमा विजय निश्चित भइसकेका बालेन साहले अहिलेसम्म ५९ हजारभन्दा धेरै मत पाएका छन्।

बिहीबार बिहान सार्वजनिक भएको मतपरिणामअनुसार बालेनले ५९ हजार १४९ मत प्राप्त गरेका छन्।

त्यस्तै दोस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३७ हजार ५४२ मत पाएकी छन्। भने, नेकपा (एमाले)का केशव स्थापितले ३७ हजार २१८ मत ल्याएका छन्।

अहिलेसम्म २९ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर १४, १५ र १६ को मत गन्न बाँकी छ।

प्रकाशित मिति: : 2022-05-26 10:13:00

प्रतिकृया दिनुहोस्