पदभार ग्रहण लगत्तै रेणुकाे निर्णय : अब जन्मिने छोरीलाई १ लाखकाे नि:शुल्क बीमा

भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित नेकपा (माओवादी केन्द्र)की रेणु दाहालले आज पदभार ग्रहण गरेकी छन्। पदभार ग्रहण गरेसँगै रेणुले तीन वटा महत्वपूर्ण निर्णय गरेकी छन्।

भरतपुरका सरकारी अस्पतालमा अब जन्मिने नगरवासी छोरीको निःशुल्क बीमा गरिदिने उनले निर्णय गरेकी छन्। बीमा रकम १ लाख रुपैयाँको हुने र १५ वर्ष अवधिको हुने उनले बताइन्।

त्यस्तै, ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकको महसुल छुट गरिदिने उनले निर्णय गरेकी छन्। आगामी आर्थिक वर्षदेखि निर्णय कार्यान्वयन भएपछि महिनामा सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई कुनै शुल्क नलाग्ने भएको छ।

यस निर्णयबाट महानगरका करिब ५२ प्रतिशत ग्राहक लाभान्वित हुने उनको अनुमान छ। मेयर दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्मका सबै जनतामा खानेपानीको पहुँच पुर्‍याउने उनले तेस्रो निर्णय गरेकी छन्।

प्रकाशित मिति: : 2022-05-25 10:05:00

प्रतिकृया दिनुहोस्