तुलसीपुरमा एमालेको जित निश्चित 

तुलसीपुरमा एमाले जितको  निश्चित भएको छ।

विहान ६ बजेको मत परिणामअनुसार तुलसीपुरको प्रमुख र उपप्रमुख दुबैमा एमालेबाट उम्मेदवार बनेका टिकाराम खड्का र स्यानी चौधरीको अग्रता फराकिलो बन्दै गएको छ। 

खड्काले गठबन्धबनबाट प्रमुखका उम्मेदवार काँग्रेसका गेहेन्द्र गिरीलाई ३३६६ मतले पछि पार्दै अग्रता कायम गरेका छन्। खड्काले ३००३५ मत प्राप्त गर्दा गिरीले २६६६९ मत प्राप्त गरेका छन्। 

यस्तै उपप्रमुखमा पनि एमालेकी स्यानी चौधरी गठबन्धनबाट उपप्रमुखका उम्मेदवार एकिकृत समाजवादीका जोगबहादुर रानालाई ९ हजार २०२ मतले पछाडि पार्दै अग्रता कामय गरेकी छिन। 

चौधरीले २९ हजार ३४५ मत प्राप्त गर्दा रानाले २० हजार १४४ मत प्राप्त गरेका छन्। 

तुलसीपुरमा करिब ७४ हजार मत खसेकोमा अब करिब ३ हजार मत गणना हुनबाँकी रहेको छ।

प्रकाशित मिति: : 2022-05-25 06:49:00

प्रतिकृया दिनुहोस्