तुलसीपुर १६ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार डिसी विजयी, कुन वडामा को–को बने अध्यक्ष?

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मा स्तन्त्र उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन्। 

स्वतन्त्र उम्मेदवारी दिएका शिवानन्द डिसी १३४४ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन्। 

डिसीले निकटतम प्रतिष्पर्धी नेकपा एमालेका अमर खड्कालाई १८५ मतान्तरले पराजित गरे। खड्काले ११५९ मत प्राप्त गरेका छन्। 

२०७४ सालमा पनि डिसी नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा लडेका थिए। उनी त्यसबेला पराजित भएका थिए।

यस वडामा गठबन्धन दलबाट वडाध्यक्षका उम्मेदवार बनेका नेकपा एकीकृत समाजबादीका भुपबहादुर केसीले ४६७ मत प्राप्त गरेका छन्।

यसैबीच तुलसीपुरमा अब तीन वटा वडाको मत मरिणाम आउन बाँकी रहेको छ।

हालसम्म १६ वटा वडाको अन्तिम मत परिणाम आइसकेको छ। जसमा ८ वटा वडामा एमालेले जित निकोलेको छ भने काँग्रेस ४, माओवादी केन्द ३ र एक स्वतन्त्रले जित निकालेका छन्।

मतपरिणामअनुसार तुलसीपुर १५ को वडा अध्यक्षमा नेकपा एमालेका लक्ष्मण चौधरी विजयी भएका छन् । वडा नं १४ मा गठबन्धनबाट नेपाली काँग्रेसका शंकरकुमार खड्का, १३ मा नेकपा एमालेका मोहन पौडेल, १२ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खुसीराम चौधरी विजयी भएका छन्।

यस्तै वडा नं ११ मा नेकपा एमालेका मानबहादुर रावत, १० मा पनि एमालेका यमराज केसी, ९ मा गठबन्धनबाट नेपाली कांग्रेसका घनश्याम ढकाल, ८ मा एमालेका धर्मराज ओली , ७ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामबहादुर जिसी, ६ मा एमालेका दुजमान भण्डारी विजयी भएका छन्।

यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नं ५ मा गठबन्धनको तर्फबाट कांग्रेसका विरेन्द्र शाह वडाध्यक्षमा विजयी भएका छन्। 

वडा नं ४ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका तुलसी थापा, ३ मा एमालेका बिरबहादुर विक, २ मा एमालेका भिमबहादुर योगी र वडा नं. १ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हुमाकान्त सापकोटा वडाध्यक्षमा विजयी भएका छन्।

प्रकाशित मिति: : 2022-05-24 19:08:00

प्रतिकृया दिनुहोस्