गाँजालाई वैधानिक बनाउन भन्दै दुई युवकले प्रधानमन्त्रीलाई बाटैमा छेके (भिडियाेसहित)

शनि शाक्य

काठमाडौं

प्रतिनिधिसभा बैठकमा सहभागी हुन जाँदै गरेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दुई युवकले नेपालमा गाँजालाई वैधानिक गराउनुपर्ने माग राखेर बाटैमा छेकेका छन्।

उनीहरूले मंगलबार दिउँसाे बानेश्वरस्थति संसद भवन अगाडि नाराबाजी गर्दै राेकेका हुन्।

राष्ट्रपतिबाट आज हुने नीति तथा कार्यक्रम वाचनको कार्यक्रममा प्रधानमन्त्री देउवा पौने ४ बजेतिर बीआईसीसी आइपुगेका थिए। त्यहीबेला  दुई व्यक्तिले ‘म एड्स रोगी हो, मैले गाँजा खानुपर्छ’ भन्दै ब्यानर प्रदर्शन गरेका हुन्।

प्रकाशित मिति: : 2022-05-24 21:09:00

प्रतिकृया दिनुहोस्