गाउँपालिका अध्यक्षमा विजयी भएपछि हुकुमसिंहले देखाए हार्दिकता

गठबन्धनका तर्फबाट कमल गाउँपालिका अध्यक्षमा  विजयी भएपछि काङ्ग्रेस नेता हुकुमसिंह राई आईतवार साझ अन्तिम मत परिणाम घोषणामा फरक रूपमा प्रस्तुत भए।

मत परिणाम घोषणा लगत्तै उनले गाउँपालिका उपाध्यक्षमा एमालेका तर्फबाट निर्वाचित प्रमिला न्यौपानेसहित वडाध्यक्ष्यहरुलाई उनले खुलेर बधाई तथा शुभकामना ब्यक्त गरे। जहाँ गत निर्वाचनमा आफू सग बराबर मत पाएर चिट्ठाका माध्यमबाट अध्यक्ष बनेकी मेनुका काफ्ले पनि उपस्थित थिइन्।

नवनिर्वाचित जनप्रतिनिधि र तत्कालीन जनप्रतिनिधिहरुसग सौहार्द्पुर्ण बाताबरणमा बधाई शुभकामना दिन पुगेका राईले साझा अभिभावक बन्ने सङ्केत देखाए। तर त्यहाँ निर्वाचनमा अध्यक्षका प्रमुख प्रतिस्पर्धी भिम राई उपस्थित भएनन्। अध्यक्षमा निर्वाचित राई ३ हजार २ सय १५ मतको अन्तरले विजयी भएका हुन। उनले १२,८६८ मत प्राप्त गरेका हुन्।

सोमबार निर्वाचित भएको प्रमाण पत्र ग्रहण पछि अध्यक्ष राईले काङ्ग्रेस झापाका पुर्व सभापति एवं पुराना नेता पुर्णानन्द शर्मासग आशिर्वाद लिए। गठबन्धनले मंगलबारेबाट शुरु गरेको विजयी जुलुस कमल गाउँपालिकाका विभिन्न स्थानमा पुगेर मतदातालाई धन्यवाद दिदै खुशीयाली प्रकट गरेको थियो।

पाडाजुङीमा विजयी जुलुसलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष हुकुमसिंह राईले निर्वाचन परिणामले आफुलाई समग्र कमल गाउँपालिकाबासीको अभिभावक बन्न म्यान्डेट दिएको भन्दै सबैसँगको सहकार्य र समन्वयको माध्यमबाट समुन्नत र समृद्ध कमल गाउँपालिका निर्माणको अभियानमा लाग्ने उदघोस गरे।

प्रकाशित मिति: : 2022-05-23 23:20:00

प्रतिकृया दिनुहोस्