आयात नियन्त्रणको विकल्प छैन

स्थिति यति भयावह छ कि महामारीले आयात नरोकेको भए दुई वर्षअघि नै आजको अवस्था आइसकेको हुन्थ्यो। त्यसैले पनि तत्कालका लागि आयात नियन्त्रणको विकल्प छैन। https://www.himalkhabar.com/news/130131

हिमाल खबर

विश्वास गौचन

बाह्य क्षेत्रमा परेको चापले नेपाल पनि श्रीलंकाकै जस्तो आर्थिक जोखिममा फस्ला कि भन्ने चर्चा चुलिएको छ अहिले।

श्रीलंकामा सरकार र निजी क्षेत्रले लिएको ऋण नै कुल गार्हस्थ्य उत्पादनको ६० प्रतिशत जति छ। सरकारले त्यसको वार्षिक सावाँ-ब्याज भुक्तानीसम्म गर्न सकेको छैन। बाह्य क्षेत्रको दायित्व धेरै हुँदा नयाँ ऋण लिने बाटो समेत गुमेपछि त्यहाँ सङ्कट निम्तिएको हो।

नेपालमा वैदेशिक ऋणको दायित्व गार्हस्थ्य उत्पादनको २० प्रतिशत जति मात्र छ। बढीजसो ऋण दीर्घकालीन प्रकृतिका छन्। हामीले वैदेशिक ऋणको सावाँ-ब्याज गरी वार्षिक ४० अर्ब जति मात्रै तिर्दा पुग्छ जुन सजिलै व्यवस्थापन गर्न सकिन्छ। त्यसैले हाम्रो र श्रीलंकाको स्थिति एउटै होइन।

नेपाली अर्थतन्त्रले अहिले दुईखाले अप्ठ्यारो भोगिरहेको छ- ब्याङ्किङ कर्जाको ठूलो विस्तार र त्यसबाट प्रवद्र्धित आयात। पाँच वर्षअघि वैदेशिक व्यापारमा नेपालले बेहोर्ने घाटालाई विप्रेषणले भरथेग गरिदिंदा चालू खाता घाटामा जाँदैनथ्यो। व्यापार घाटाकै बराबरीमा विप्रेषण आप्रवाह पनि बढेको थियो। तर, व्यापार घाटाको तुलनामा विप्रेषण घट्नासाथ चालू खाता घाटामा जान थाल्यो। अमेरिकी डलरमा हेर्दा हामीकहाँ कोभिड-१९ महामारी आउनुअघि सन् २०१७/१८ बाटै शोधनान्तर स्थिति घाटामा जान थालिसकेको थियो।
 

प्रकाशित मिति: : 2022-05-23 13:03:00

प्रतिकृया दिनुहोस्