रौतहटका दुई नगरपालिका प्रमुखमा महिला निर्वाचित

स्थानीय तह निर्वाचन २०७९ मा रौतहटका दुईवटा पालिकामा महिला उम्मेदवारहरू नगर प्रमुख पदमा निर्वाचित भएका छन्।

अघिल्लो निर्वाचनमा एक जना मात्र महिला प्रमुख रहेको जिल्लामा यसपटक दुई जना प्रमुख निर्वाचित भएका हुन्। 

मौलापुर नगरपालिकामा दोस्रो कार्यकालको लागि रिनाकुमारी साह नगर प्रमुखमा निर्वाचित हुँदा ईशनाथ नगरपालिकामा कौशल्या देवी नगर प्रमुखमा निर्वाचित भएकी छन्। 

दुई महिला नगर प्रमुखमध्ये मौलापुरकी साह नेकपा एमालेबाट निर्वाचित भएकी हुन् भने ईशनाथकी कौशल्या देवी भने लोसपा नेपालबाट नगर प्रमुखमा निर्वाचित भइन्। 

 

प्रकाशित मिति: : 2022-05-23 12:59:00

प्रतिकृया दिनुहोस्