तुलसीपुर उपमहानगरपालिकाको मेयरमा एमाले उम्मेदवार टीकाराम खड्काको अग्रता कायम छ।
४० हजार ९९८ मतगणना हुँदा एक हजार २८७ मतान्तरले खड्काले अग्रता लिइरहेका छन्। खड्काले १७ हजार २७७ मत ल्याएर अग्रता लिँदा कांग्रेस गेहेन्द्र गिरीले १५ हजार ९९० मतसहित पछ्याइरहेका छन्।
उपमेयरमा एमालेकै स्यानी चौधरीले १६ हजार ५८८ मतसहित अग्रता लिँदा एकीकृत समाजवादीका जोगबहादुर राणाले ११ हजार ७९३ मतसहित पछ्याइरहेका छन्।