भरतपुर महानगरमा रेनु दाहालले लिइन् ८३९९ मतको अग्रता

file photo
file photo

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले ८ हजार ३९९ मतले अग्रता लिएकी छन्।

पछिल्लाे मतपरिणामअनुसार रेनुले ३८ हजार २५४ मत ल्याएर अग्रता लिँदा उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले २९ हजार ८५५ मत ल्याएका छन्।

साथै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ५१४ मत ल्याएर रेनु र सुवेदीलाई पछ्याइरहेका छन्।

यसैगरी उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४० हजार ४२८ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले २३ हजार ६१७ मत ल्याएकी छन्।

प्रकाशित मिति: : 2022-05-22 17:03:00

प्रतिकृया दिनुहोस्