मतदाताको सन्देश

बाह्रखरी

गोविन्द अधिकारी

निर्वाचन परिणाम लगभग घोषणा भइसकेको छ । जति बाँकी छ तिनकाे पनि झुकाव स्पष्ट भइसकेको देखिन्छ । एकाधमा तलमाथि पर्नसक्ला तर अब खासै फरक पर्दैन । 

पालिका प्रमुखहरूमा जितेका आधारमा दलहरूको नेपाली कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो भएका छन् । यसपछि सत्ता गठबन्धनका अरू दल रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आफ्नो साख जोगाएको छ । 

यी सबैभन्दा मधेसमा  सीके राउत नेतृत्वको जनमत पार्टी र सुदूर पश्चिममा रेशम चाैधरीकी पत्नीको नेतृत्वको नागरि उन्मुक्ति पार्टीको विजय यस निर्वाचनकाे उल्लेखनीय पक्ष हो । र, सबैभन्दा चकित पार्ने प्रवृत्ति भने काठमाडौं र धरानमा देखियो । धनगढीको परिणाम अस्वाभाविक होइन । भरतपुरमा जगन्नाथ पौडेलकाे अडान चुनावको इतिहासमै एउटा उदाहरण बन्यो ।

प्रकाशित मिति: : 2022-05-22 16:03:00

प्रतिकृया दिनुहोस्