काठमाडाैँका यी वडा जहाँ बालेन साह चम्किए

Breaknlinks
Breaknlinks

स्थानीय तह निर्वाचनकाे मत गणना सुरु भएकाे सातादिन बितिसकेकाे छ। काठमाडाैं महानगरपलिकाको जारी मतगणना बालेन्द्र साह (बालेन) अग्रता कायम नै छ।

लौरो चिन्ह लिएर काठमाडौंको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेनले १८ हजारभन्दा बढी मतले अग्रता लिइरहेका छन्। याे रिर्पोट तयार पार्दासम्म महानगरपालिकामा १ लाख बढी मत गणना सकिएको छ। जसमा बालेनले ४० हजार ३ मत ल्याएका छन्।

त्यसैगरी उनका प्रतिद्वन्दीहरू नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार ७४९ मत प्राप्त गरेकी छन् भने नेकपा (एमाले)का केशव स्थापितले २२ हजार ३ मत पाएका छन्।

सुरूवातीदेखि नै अग्रता कायम गर्दै आएका बालेनले काेर सिटीकाे मतगणनामा पछि पर्न आंकलन धेरैकाे थियाे। तथापि, साहले भने धेरै जस्ताे वडामा अग्रता कायम गरिरहेका छन्।

यी हुन बालेन साहले सबै मत प्राप्त गरेकाे वडाहरू:

वडां नम्बर १: नक्साल – ७८३ मत 

वडां नम्बर २: लाज्मिपाट– १२१५ मत 

वडां नम्बर ३: महाराजगञ्ज– २३२६ मत 

वडां नम्बर ४: बालुवाटार– ३९६६ मत 

वडां नम्बर ५: हाँडिगाँउ– १५०१ मत 

वडां नम्बर ६: बाैद्ध– ३४७६ मत 

वडां नम्बर ७: मित्रपार्क– ३८४६ मत 

वडां नम्बर ८: पशुपति– १३१३ मत 

वडां नम्बर ९: गाैशला– २००४ मत 

वडां नम्बर १०: बानेश्वर– १४६३ मत 

वडां नम्बर ११: त्रिपुरेश्वर– ७४६ मत 

वडां नम्बर १२: टेकु– १९० मत 

वडां नम्बर २३: ओमबहाल– २३० मत 

वडां नम्बर २४: मखन– ५३४ मत 

वडां नम्बर २५: जनवहाल– ६१० मत 

वडां नम्बर २६: लौनचौर– १४६७ मत 

वडां नम्बर २७: महाबौद्ध – ५५१ मत

वडां नम्बर २८: पुरानो बसपार्क– ६१७ मत 

वडां नम्बर २९: डिल्लीबजार– १६६८ मत 

वडां नम्बर ३०: ज्ञानेश्वर– १७०१ मत 

वडां नम्बर ३१: शन्तिनगर– ४१८० मत 

वडां नम्बर ३२: काेटेश्वर– ५५२३ मत

प्रकाशित मिति: : 2022-05-22 14:46:00

प्रतिकृया दिनुहोस्