तुलसी उपमहानगर अपडेट : कसले कति मत ल्याए ?

दाङको तुलसीपुर उपमहानगरपालिकाको ३७ हजार ८५२ मत गन्दा मेयर पदका एमाले उम्मेदवार टीकाराम खड्काले अग्रता लिइरहेका छन्। 

उनले १५ हजार ९१७ मत ल्याएर अग्रता लिइरहेका हुन्। 

खड्कालाई १४ हजार ९५५ मत ल्याएर कांग्रेसका गेहेन्द्र गिरीले पछ्याइरहेका छन्। 

उपमेयरमा एमालेकी स्यानी चौधरीले १५ हजार ६८ मत ल्याएर अग्रता लिँदा नेकपा एकीकृत समाजवादीका जोगबहादुर राणाले  ११ हजार ७४ मत ल्याएर पछ्याइरहेका छन्। 

प्रकाशित मिति: : 2022-05-22 11:33:00

प्रतिकृया दिनुहोस्