स्थानीय चुनाव: बागी उम्मेदवारले कहाँ जिते, कहाँ पार्टीलाई क्षति पुर्‍याए

बिबिसी

उमाकान्त खनाल
AFP
AFP

नेपाली कांग्रेसमा चार दशकभन्दा लामो समय आबद्ध रहेका झापा कनकाईका बासिन्दा शेरबहादुर थापाले कनकाई नगरपालिकाको मेयर पदका लागि निकै लामै कसरत गरेका थिए।

कोभिड सङ्क्रमणका बेला होस् वा अन्य कुनै विपद्का बेला, उनले कनकाईबासीका लागि सहयोगका धेरै काम गरेको नेपाली कांग्रेसका कार्यकर्ता बताउँछन्।

जब स्थानीय तहको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गर्ने दिन आयो, उनले टिकट पाएनन्।

पार्टीको प्रदेश समितिको बैठकसम्म टिकटका लागि उनी धाए। तर पार्टीले उनलाई टिकट नदिएपछि मध्यरातमा सामाजिक सञ्जालमा जसरी पनि मेयर पदममा उठ्ने उल्लेख गरे।

चुनाव प्रचारका बेलामा कांग्रेसका नेता तथा कार्यकर्ताले एउटा निचोड निकाले।

'शेरबहादुरले आफू त जित्दैनन्। तर कांग्रेसको मत चाहिँ प्रशस्तै काट्छन्'

जब मतगणनाको नतिजा आयो, त्यस्तै देखियो।

कांग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरियाको ६ हजार ६ सय ६१ मत आएको थियो। थापाले ५ हजार ६ सय ९१ मत पाए।

दुवैजनाको मत जोड्दा कांग्रेस जितको सम्भावना धेरै देखिएको कार्यकर्ता बताउँछन्।

प्रकाशित मिति: : 2022-05-21 15:36:00

प्रतिकृया दिनुहोस्