दिपा राना
मेरो
सप्रेको बोटझैँ मुटु थ्यो एउटा
बन्चरोले काटेर घाममा सुकाइदियौ,
चिरेर चोइटा पारेर भारी
बर्खा छेक्न ओतमा लुकाइदियौ।
जब मौसम बद्लियो तिमी बद्लियौ मुटुलाई
निकालेर आफ्नै अगेनामा बाल्यौ,
बलेको मुटु जलेको आत्मा खरानी
सरी मुल बाटोमा फाल्यौ।
जलिसकेको मन गलिसकेको तन
बन्चरो लिएर कोही नआऊनू
सुक्नु छैन घाममा लुक्नु छैन ओतमा
बद्लिने मौसम बनी कोही नआऊनू
चिर्नेलाई चिर्छु म बाल्नेलाई बाल्छु
सक्छौ त पालुवा हुर्काउन साथ देउ
नत्र आफैँ तिम्लाई
पाल्छु म आफैँ ढाल्छु।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया