तुलसीपुर उपमहानगरमा गिरीलाई पछि पार्दै खड्काले लिए अग्रता

टिकाराम खड्का र गेहेन्द्र गिरी
टिकाराम खड्का र गेहेन्द्र गिरी

तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार गेहेन्द्र गिरीलाई पछाडि पार्दै एमाले उम्मेदवार टिकाराम खड्काले अग्रता लिएका छन्।

१, २, ३, ४, ५, ६ र ७ नम्बर वडाको करिब २० हजार मत गणना हुँदा खड्काले ८ हजार ७७२ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी गठबन्धनका गिरीले ८ हजार ७१५ मत ल्याएका छन्। नेपाली कांग्रेसका गिरीभन्दा एमालेका खड्का ५७ मतले अगाडि छन्।

यस्तै उपमेयरमा एमालेकी स्यानी चौधरी गठबन्धनका उम्मेदवारभन्दा फराकिलो मतले अगाडि छन्। चौधरीले ८ हजार १६० मत ल्याएकी छन्।

उनका प्रतिस्पर्धी नेकपा एसका जोगबहादुर रानाले ६ हजार ७३३ मत ल्याएका छन्। चौधरी रानाभन्दा एक हजार ४२७ मतले अगाडि छन्।

चाैधरीले मत गणनाकाे सुरूदेखि नै लिड गरेका छन्।

प्रकाशित मिति: : 2022-05-20 15:37:00

प्रतिकृया दिनुहोस्