दाङको घोराही उपमहानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र प्रदान गरिएको छ।
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले नगर प्रमुख नरूलाल चाैधरी र उपप्रमुख हुमा डिसीसहित १९ वडाका वडाध्य र सदस्यहरूलाई निर्वाचित भएकाे प्रमाणपत्र प्रदान गरे।
यस्तै मुख्य निर्वाचन अधिकृत थापाले घाेराहीका नगरप्रमुखसहित दाङका अन्य ८ पालिकाका प्रमुखलाई पद तथा गाेपनीयताकाे सपथ ग्रहण गराए।
साथै घाेराही नगरप्रमुख चाैधरीले नवनिर्वाचित घाेराही उपप्रमुख हुमा डिसीसहित १९ वडाका वडाध्यक्ष र सदस्यहरूलाई पद तथा गाेपनीयताकाे सपथ ग्रहण गराएका थिए।
दाङमा दस पालिका छन्। जसमध्ये तुलसीपुर उपमाहानरपालिकाकाे मतगणना जारी छ।
तुलसीपुर १७ मा वैशाख ३० गते मतदान नगरेर जेठ ३ गते मतदान भएकाले ढिला गरि मतगणना सुरू भएकाे थियाे।
जसले गर्दा हाल मतगणना भईरहेकाे छ। १७ नं वडाका वडाध्यका उम्मेदवारकाे मृत्यु भएपछि मतदान सरेकाे थियाे।