बिएल संवाददाता
अर्घाखाँचीका एक युवकले कामठमाडौँ महानगरपालिकाको मयेर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)ले जति मतान्तरले चुनाव जित्छन सोही बाराबार रकम महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई दिने घोषणा गरेका छन्।
मालारानी– ४ घर भइ हाल कोरियमा रहेका शालिकराम खनालले बालेनको समर्थनमा शुक्रबार सो घोषणा गरेका हुन्।
‘बालेन साहले काठमाडौँको मेयरमा जति मतान्तरले जित्नुहुन्छ, त्यातिनै रुपैयाँ महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने घोषणा गर्दछु,’ खनालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन।
काठमाडौँ महानगरपालिकाको मतगणना जारी रहँदा साहले आफ्ना निकटतम प्रतिस्पर्धीलाई झण्डै आधा मतले पछाडि पारेर ‘लिड’ गरिरहेका छन्। उनकाे अग्रतासँगै यतिबेला सबैतिर उनकाे चर्चा चलेकाे छ। उनकाे यस विषयलाई लिएर अहिले युवामाझ छुट्टै खालकाे तरङ्ग छाएकाे छ।
याे समाचार तयार पार्दासम्म बालेनले २६ हजार ६ सय १ मत प्राप्त गरेका छन्। भने उनकाे प्रतिद्वन्दी एमालेका केशव स्थापितले जम्मा १४ हजार ३ सय ८३ मत प्राप्त गरेका छन्। जुन १२ हजार २ सय ८८ मतान्तर हाे।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया