बिएल संवाददाता
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीवार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीसंग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।
घरेलु मैदान स्टामफोर्ड ब्रीजमा चेल्सीले पुनरागमन गरेको हो। लेस्टरका जेम्स म्याडिसानले गोल गर्दै छैटौं मिनेटमा अग्रता लिए।
चेल्सीका मार्कोस एलोन्सोले गोल गर्दै ३४औं मिनेट खेल १-१ को स्थितिमा ल्याए।
बराबरिसँगै ३६ खेलबाट ७१ अंकसहित तेस्रो स्थानमा छ। समान खेलबाट ४९ अंक सहित नवौं स्थानमा छ।
अर्को खेलमा क्रिष्टल प्यालेससंग २-० ले पछि परेको स्थिति उल्टाउँदै ३-२ को जित निकालेर एक खेक बाकी रहदै एभर्टनले इंग्लिस प्रिमियर लिगको हैसियत कायम राखेको हो।
जितसँगै एभर्टन ३७ खेलबाट ३९ अंकसहित १६औं स्थानमा छ। प्यालेस ४५ अंकसहित १३औं स्थानमा छ।
एभर्टनको जितसँगै अब अन्तिम खेलबाट एक टिमको रेलिगेशन पक्का हुनेछ। अब वर्नली र लिड्स युनाइटेड मध्ये एक दोस्रो डिभिजनमा घटुवा हुने छन्।
यस अघिनै वाटफोर्ड र नर्विच रेलिगेशनमा परिसकेका छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया