धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन्। उनी २४५ मतका साथ लिड गरिरहेका छन्।
अहिलेसम्म ३२ हजार दुई सय ७३ मतगणना हुँदा स्वतन्त्रका उम्मेदवार साम्पाङले ९ हजार ३७३ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ९ हजार १२८ मत प्राप्त गरेका छन्।
नेकपा एमालेबाट मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले सात हजार ३ सय ३४९ मत प्राप्त गरेकी छन्।
उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले १० हजार २६६ मतका साथ अग्रता लिएका छन्। उनलाई नेकपा एमालेका पदम इस्बो लिम्बूले ९ हजार ८३१ मतसहित पछ्यारहेका छन्।