पोखरा अपडेट : मेयरमा एकीकृत समाजवादी, उपमेयरमा एमाले अगाडी 

File Photo
File Photo

पोखरा महानगरपालिकाको मतगणना जारी छ। हालसम्म ५० हजारभन्दा बढी मत गणना भएको छ।

पछिल्लो अपडेटअनुसार नगर प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्य अगाडी छन्। यता उपप्रमुखमा भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङ अघि छिन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराका अनुसार महानगर प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्यले २१ हजार ८ सय ८० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी एमालेका कृष्ण थापा १९ हजार ३ सय ८८ मत पाएर धनराजको पछिपछि छन्।

उपप्रमुख पदमा भने एमालेकी मञ्जुदेवी गुरुङ २२ हजार १ सय ३१ मतसहित अघि छिन्। उनको प्रतिद्वन्दी कांग्रेसकी कोपिला रानभाट २२ हजार १ सय २२ मत सहित उनको पछिपछि छिन्।

प्रकाशित मिति: : 2022-05-19 14:10:00

प्रतिकृया दिनुहोस्