धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ १४० मतले अगाडि

धरानमा ३० हजार मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले मतान्तर बढाएका छन्।

निर्वाचन अधिकृतको कार्यालयले मध्याह्न १२ बजेसम्म ३० हजार ४५९ मतगणना सकिदा साम्पाङले ८८१८ मत प्राप्त गरेका छन्।

उनलाई गठबन्धनका मेयर उम्मेदवार किशोर राईले ८६७८ मत प्राप्त गरेका छन्। 

स्वतन्त्रका उम्मेदवार साङपाङ र गठबन्धनका राईको बिचमा १४० मतान्तर रहेको छ। नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ७०६६ मत प्राप्त गरेकी छिन्।

यस्तै  उपमेयरमा भने गठबन्धनका उम्मेदवार अइन्द्रविक्रम बेघाले ९७४५ मत प्राप्त गरेका छन्। एमालेका उम्मेदवार पदम इस्वोले ९४०१ मत प्राप्त गरेका छन्।

धरानको वडा १, २, ३, ४, ५, ६, ७, ९, १०, १८ र १९ को मतगणना सम्पन्न भइसकेको छ। 

अहिले वडा नं ८, ११ र १२ को मतगणना जारी छ। वडा नं २० को विवादका कारण मतगणना स्थगित गरिएको छ। प्रकाश तिम्सिना

प्रकाशित मिति: : 2022-05-19 12:58:00

प्रतिकृया दिनुहोस्