चंखेलीमा मतगणना जारी

Breaknlinks
Breaknlinks

हुम्लाको चंखेली गाउँपालिकामा स्थगित भएको मतगणना बिहीबार बिहान ७ बजेदेखि मतगणना जारी भएको छ। संघीय सांसद छक्कबहादुर लामासहित हुम्लामा गठबन्धन दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन अधिकृतको कार्यालय निवेदन पेस माग गरेपछि चंखेली गाउँपालिका–२ को महादेव मावि मतदान केन्द्रमा मतगणना भइरहेको हो।

चंखेली गाउँपालिका–२ को महादेव मावि मतदान केन्द्रमा ४ जेठमा मतदान कार्य सम्पन्न भएपछि गरिएकाे मतगणना स्थगित भएको थियाे। तर,  बिहीबार बिहानबाट मतगणना कार्य गरिएको निर्वाचन अधिकृत हेमकुमार ढकालले जानकारी दिए।

उक्त महादेव मावि मतदान केन्द्रमा ८६ दशमलव ३७ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी सीता परियार जानकारी दिए। चंखेली-२ मा रहेको मतदान केन्द्रमा जम्मा ९०३ जना मतदाता छन्। जसमध्ये ७८० मत खसेको र खसेको मतको कुल खसेको मतमा ३९५ पुरुष र ३८५ महिलाले मतदान गरेका हुन्।  

प्रकाशित मिति: : 2022-05-19 11:37:00

प्रतिकृया दिनुहोस्