गोकर्णेश्वरकाे मेयरमा कांग्रेसका दीपक, उपमेयरमा एमालेकी लामा विजयी

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका  उम्मेदवार दीपककुमार रिसाल निर्वाचित भएका छन्।

उनी ९६९२ मत ल्याएर निर्वाचित भएका हुन्। नेकपा एमालेका उद्धव बिष्टले भने ८५०४ मत पाएका छन्। 

त्यसैगरी नगरपालिकाकाे उपमेयरमा भने एमालेकी उम्मेदवार सान्नानी लामा विजयी भएकी छन्। उनी ८८०४ मत पाएर विजयी भएकी हुन्। 

कांग्रेसकी उम्मेदवार शान्ति नेपालले भने ८६७१ मत पाइन्। ०७४ काे स्थानीय निर्वाचन तहमा उनी उपमेयरमा निर्वाचित भएकी थिइन्। 
 

प्रकाशित मिति: : 2022-05-19 11:12:00

प्रतिकृया दिनुहोस्