काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन्।
केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले १० हजार ५८६ मतान्तरका साथ आफ्नो अग्रता कायम राखेका छन्।
उनले २१ हजार ६२२ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशव स्थापितले ११ हजार ३६ तथा नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार २६७ मत प्राप्त गरेका छन्।
एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले १९ हजार ९५६ मतका साथ आफ्नो अग्रता कायम राखेकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मत प्राप्त गरेका छन्।
हालसम्म ५२ हजार ८२७ मत गणना भएको छ। प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा बाँकी वडाको मत गणना कार्य भइरहेको छ।