उर्लाबारीको पहिलो महिला वडाध्यक्ष बनिन् एमालेकी उर्मिला थापा

दीपक बास्तोला

उर्लाबारी

उर्लाबारी नगरपालिकाले महिला वडाध्यक्ष पाएको छ। वडा नं. ७ मा विजय हासिल गर्दै नेकपा (एमाले)की उर्मिला थापा पहिलो महिला वडाध्यक्ष बनेकी छिन्। आज बिहान घोषणा गरिएको मत परिणाम अनुसार थापा १४५५ मत प्राप्त गरी विजयी भएकी हुन्।

वडाध्यक्षमा काँग्रेसका वीरबल थापाले ११४४, स्वतन्त्र उम्मेद्वार छत्रबहादुर कार्कीले ५३७, माओवादी केन्द्रका पवन चौधरीले २०५, राप्रपाका ज्ञानेन्द्र ओलीले १५२, स्वतन्त्र दिलकुमार श्रेष्ठले ३९ र मंगोल नेशनल अर्गनाइजेशनका पूर्णबहादुर लिम्बूले १२ मत प्राप्त गरे।

महिला वडा सदस्यमा नेकपा एमालेकी मनमाया तामाङ १५२१ मतका साथ विजयी भएकी छिन्। सो पदमा नेपाली काँग्रेसकी शोभितमाया तामाङले १४०८, राप्रपाकी कमलाकुमारी दाहालले २१२ र नेकपा एसकी सीताकुमारी पराजुलीले १२० मत प्राप्त गरे।

दलित महिला सदस्य र खुला दुई सदस्यमा नेपाली काँग्रेसका उम्मेद्वार विजयी भएका छन्। दलित महिला सदस्यमा नेपाली काँग्रेसकी मञ्जु परियार १५७५ मतका साथ विजयी हुँदा नेकपा एमालेकी कविता सिवाले १३९४, राप्रपाकी कमला सुन्दासले १८६, नेकपा एसकी शान्ति सुन्दास दर्जीले १२८ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सुनी दर्जीले २२ मत प्राप्त गरे।

वडा सदस्यमा नेपाली काँग्रेसका सुमन कार्की १५७७ र काँग्रेसकै सन्तोष निरौला १४३६ मत ल्याएर विजयी बने। वडा सदस्यमा एमालेका राजनप्रसाद दाहालले १३२२, हरिप्रसाद ढकालले १२९२, माओवादी केन्द्रका यमलाल रसाइलीले २५६, सरोज बस्नेतले २५३, राप्रपाका वेदप्रसाद शिवाकोटीले २२५, टेकनाथ नेपालले १९४ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोपाल पौडेलले १७ मत प्राप्त गरे।

प्रकाशित मिति: : 2022-05-19 09:09:00

प्रतिकृया दिनुहोस्