गठबन्धनलाई हराउँदै घोराहीकाे प्रमुख र उपप्रमुखमा एमालेका चाैधरी र डिसी विजयी 

दाङको घोराही उपमहानगरपालिकाको नगरप्रमुखमा दोस्रो कार्यकालका लागि गठबन्धनलाई हराउँदै नेकपा (एमाले)का केन्द्रीय सदस्य नरुलाल चौधरी विजयी भएका छन्।

उनी कांग्रेस–माओवादी केन्द्र गठबन्धन नगरप्रमुखका उम्मेदवार हेमराज शर्मा (डायमण्ड)लाई ५३६० मतले हराउँदै विजयी भएका हुन्। 

चौधरीले  ३१७२८ मत प्राप्त गर्दा शर्माले २६३६८ मत प्राप्त गरे। चाैधरी ०४७ काे निर्वाचनमा पनि कांग्रेस भुप बहादुर डाँगीलाई हराउँदै विजय  भएका थिए। 

सुरुआती चरणमा मतगणना गर्दा शर्माले चौधरीलाई भारी मतान्तरले पछाडि पारेका थिए। वडा–१९ र १८ को मत गणना गर्दा शर्माको अग्रता थियो। तर वडा–१४ र १ को मत गणना गर्दा शर्मालाई पछि पार्दै आफ्नो अग्रतालाई बढाउँदै लगेका थिए। 

यस्तै, नगरउपप्रमुखमा पनि एमाले कै हुमा डिसी विजयी भएकी छिन्। डिसीले गठबन्धनबाट कांग्रेसका नगरउपप्रमुखका उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतले पछि पार्दै विजयी भइन्। डिसीले ३०४०३ मत प्राप्त गर्दा डाँगीले ३०३५४ मत प्राप्त गरे। 

डिसी र डाँगीबीच निकै प्रतिस्पर्धा रह्यो। नगरउपप्रमुखमा पनि सुरुआती चरणमा डाँगीले भारी मतले डिसीलाई पछि पारेका थिए। तर वडा–१, १४ मा मतगणना गरेपछि भने डाँगी पछाडि परेका हुन। डाँगी पछाडि परेपनि भारी मतको अन्तर भने भएन। 

अन्तिम मत परिणाम सार्वजनिक हुँदासम्म पनि डिसी र डाँगीबीच कडा प्रतिस्पर्धा रह्यो। १ हजरको मत अन्तरभन्दा बढी देखिएन। 

यसैगरी घोराहीका मेयर उपमेयरसँगै एमालेले १३ वटा वडामा जित निकालेकाे छ। समग्र रूपमा जिल्लामा कमजाेर देखिएकाे एमालेले घाेराहीमा भने बहुमतसहित आफ्नाे बर्चस्व जमाएकाे छ।  १९ वडा रहेकाे घाेराहीमा एमालेले वडा– १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, १४, १७, १८ मा जित हासिल गरेको छ। 

माओवादी केन्द्रले भने वडा–९ मा मत्र जित निकालेकाे छ। कांग्रसले वडा–१०, १३, १५, १६, १९–वडामा जपत निकालेकाे छ। 

घाेराहीमा कांग्रेस, माओवादी र राष्ट्रिय जनमाेर्चाबीच गठबन्धन भएकाे थियाे।

प्रकाशित मिति: : 2022-05-19 05:14:00

प्रतिकृया दिनुहोस्