पोखरा महानगरपालिका प्रमुख पदका उम्मेदवार धनराज आचार्यको अग्रता कायम छ। ४१ हजार ४ सय २३ मत गणना हुँदा उनले २ हजार बढी मतले उनका प्रतिद्वन्दीलाई पछि पारेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जारी गरेको पछिल्लो तथ्यांकअनुसार आचार्यले १७ हजार २ सय ४२ मत प्राप्त गरेका छन्। उनले यति मत ल्याउँदा उनका प्रतिस्पर्धी कृष्ण थापाको मत भने १५ हजार २ सय १० छ।
यस्तै उपप्रमुख पदका लागि भने गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेकी कोपिला रानाभाट र एमालेकी मञ्जुदेवी गुरुङको कडा प्रतिस्पर्धा चलि रहेको छ। कोपिलाको १७ हजार ४ सय ४३ मत ल्याएकी छन् भने मञ्जुको १७ हजार ३ सय ४१ मत छ।
पोखरा महानगरपालिका वडा नम्बर ७ को मतगणना सुरु हुनै लाग्दा एमालेका कार्यकर्ताले कांग्रेसले बढी प्रतिनिधि खटाएको भन्दै विरोध गरेका थिए। एमाले कार्यकर्ताको विरोधले केही समय मतगणना रोकिएको थियो। अहिले वडा नम्बर ७ को मतगणना सुचारु भई सकेको छ।