मोरङको लेटाङ नगरपालिकामा नेकपा एमालेले सानदार जित हात पारेको छ।
अघिल्लो पटक नगर प्रमुखसहित बहुमत वडा गुमाएको एमालेले यसपटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका बाबजुद नगर प्रमुख, उपप्रमुख, ६ वटा वडाको प्यानल र एउट वडाको ४ जना सदस्य जितेको छ।
एमालेले वडा नम्बर १, २, ३, ४, ५ र ७ मा प्यानलै जितेको छ भने वडा नम्बर ९ मा ४ जना सदस्य जित्दै दुई तिहाइ बहुमत प्राप्त गरेको छ।
नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेको नेकपा एमाले प्रदेश कमिटी सदस्य भूपेन्द्रकुमार लावतीले उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फका उम्मेदवार नेपाली कांग्रेसका ज्ञानेन्द्र ढकाललाई पराजित गर्दै जित हात पारे।
यता उपप्रमुख नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा निवर्तमान उपप्रमुखसमेत रहेकी कृष्णकुमारी निरौला पोखरेलले उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका कृष्ण प्रसाद लम्साललाई पराजित गरेका हुन्।
यता लेटाङको वडा नम्बर ८ र ६ मा प्यानलै तथा ९ को वडाध्यक्ष गठबन्धनका उम्मेदवारले जित हात पारेका छन्।
मतगणनाको अन्तिम परिणाम भने सार्वजनिक भइसकेको छैन। जसमध्ये वडा नम्बर ६ मा दलित महिला सदस्य रुख चिन्हबाट उम्मेदवारले जित हात पारेका छन् भने अन्य १३ जना नेपाली कांग्रेसबाट विजयी भएका छन्।