आईपीएल : हैदरावादसँग मुम्बई पराजित

Photo by Saikat Das / Sportzpics for IPL
Photo by Saikat Das / Sportzpics for IPL

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२  टी- २० क्रिकेट प्रतियोगितामा सनराईजर्स हैदरावादले मुम्बई इण्डियन्समाथि ३ रनको जित निकालेको छ।

मंगलबार राति हैदरावादले दिएको १९४ रनको लक्ष्य पछ्याएको मुम्बई २० ओभरमा ७ विकेट गुमाएर १९० रनमा समेटियो।

मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४८ रन बनाए। यस्तै, टिम डाभिडले ४६ रन जोडे। हैदरावादका उम्रान मालिकले ३ विकेट लिए। यसअघि मुम्बईमा पहिले टस हारेर ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १९३ रनको योगफल खडा गर्‍याे।

हैदरावादका लागि राहुल त्रिपाठीले सर्वाधिक ७६ रन बनाए। प्रियम गार्गले ४२ रन जोडे। मुम्बईका रमनदीप सिंहले ३ विकेट लिए। छैटौं जितसँगै हैदरावादले १३ खेलबाट १२ अंक जोडेर आठौं स्थानमा छ। प्रतियोगितामा दशौ हार बेहोरेको मुम्बई १३ खेलमा ६ अंक जोडेर अन्तिममा छ।

प्रकाशित मिति: : 2022-05-18 07:00:00

प्रतिकृया दिनुहोस्