टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारी पुनः विजयी भएका छन्। उनी १० हजार ३ सय ४० मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार रजनी थापाले १० हजार १ सय ६६ मत ल्याएकी छन्। त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार मुरारी तामाङ विजयी भएका छन्।
१० हजार १ सय ३२ मत प्राप्त उपमेयरमा तामाङ विजयी भएका हुन्। उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेकी उम्मेदवार ज्ञानमाया डंगोलले ९ हजार ५ सय १८ मत ल्याएकी छन्।