कोहलपुर नगरपालिकामा गणना भएको मतमा विवाद उत्पन्न भएको छ।
कोहलपुर नगरपालिकाको हलमा भइरहेको मतगणनाको क्रममा केही त्रुटि भएको पाइएको छ। उक्त त्रुटीलाई पार्टीका नेता कार्यकर्ताले पत्ता लगाएपछि निर्वाचन समितिले आफ्नो गल्ती सच्याएको हो।
नेकपा (माओवादी केन्द्र)को मत ८ सय ४४ घोषणा भएको थियो तर घोषणा भएको केही समयमा नै नेता कार्यकर्ताले विरोध जनाएपछि उक्त मतपरिणामलाई पुनर्विचार गरिएको थियो। पुन: मत पुनरावलोकन गर्दा माओवादीको मत ८ सय ९७ रहेको पाइएको छ। जसअनुसार ५३ मत बढेको घोषणा कोहलपुर निर्वाचन समितीले करिब २ घण्टा पछि घोषणा गरेको थियो।
अहिले स्थिति सामान्य रहेको छ भने कोहलपुर वडा नम्बर १३ को मतगणना भइरहेको छ ।