खाँडादेवीमा एमालेले खाेल्याे खाता, ९ नम्बर वडाकाे अध्यक्ष बने भण्डारी

रामेछापको खाँडादेवी गाउँपालिकामा नेकपा (एमाले)ले खाता खोलेको छ।

पालिकाको वडा नम्बर ९ पिङखुरीमा एमालेबाट वडा अध्यक्षमा अकलबहादुर भण्डारी विजयी भएका छन्। उनले ३ सय ९६ मत ल्याएर प्यानलसहित नै विजयी भएका हुन्।

नेपाली कांग्रेसका उम्मेदवार प्रेम तामाङले भने ३ सय १ मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपा (माओवादी केन्द्र)का रमेश तामाङले २६६ मत ल्याउँदा नेकपा (एकीकृत समाजवादी)का चुडराज भण्डारीले १५७ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2022-05-17 17:19:00

प्रतिकृया दिनुहोस्