चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले २२६ मतले अग्रता लिएकी छन्।
पछिल्लाे मतपरिणामअनुसार रेनुले ६ हजार ६७८ मत ल्याएर अग्रता लिँदा उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ६ हजार ४५२ मत ल्याएका छन्।
साथै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार २५५ मत ल्याएर रेनु र सुवेदीलाई पछ्याइरहेका छन्।
यसैगरी उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ८ हजार १२० मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ५ हजार ३९६ मत ल्याएकी छन्।