क्षेत्रीय एकीकरणका सन्दर्भमा बुद्धमार्गी कूटनीति

दक्षिणएशियासँग जोडिने यातायात सञ्जालको सही उपयोगका दृष्टिकोणबाट नेपालका प्राचीन मठमन्दिरहरूलाई यस क्षेत्रमा ठूलो सङ्ख्यामा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरूको गन्तव्य स्थलको रूपमा विकास तथा प्रवर्धन गर्नु सर्वथा उपयुक्त हुनेछ।

अनलाइनखबर

पुरुषोत्तम ओझा

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास अर्थात् बिमस्टेकको सन् २००४ मा भएको पहिलो शिखर सम्मेलनको बखत ६ वटा क्षेत्र-व्यापार, प्रविधि, ऊर्जा, यातायात, पर्यटन र मत्स्यपालनलाई क्षेत्रीय सहयोगको कार्यक्रम अन्तर्गत अगाडि बढाउने कुरा सम्मेलनले अंगीकार गरेको थियो ।सन् २००८ मा यसलाई बढाएर सहयोगका क्षेत्रहरू १४ पुर्‍याइयो ।तथापि, कार्यान्वयनको तहमा भने खासै प्रगति हुन सकेन।

धेरै विषय समेटिने तर खास काम चाहिं नहुने अवस्थामा सुधार ल्याउन सन् २०१६ को गोवा सम्मेलनको बखत थाईल्याण्डले विषयगत सहयोगका क्षेत्रहरूलाई एकीकरण गर्न र घटाउन प्रस्ताव गर्‍यो ।

प्रकाशित मिति: : 2022-05-17 13:53:00

प्रतिकृया दिनुहोस्