दाङको शान्तिनगर गाउँपालिकामा कांग्रेस विजयी भएको छ।
कांग्रेसका उम्मेदवार प्रमोद बस्नेत अध्यक्षमा विजयी भएका हुन्। ५७१६ मत ल्याउँदै उनले एमालेका विष्णु केसीलाई हराएका हुन्।
केसीले १०९२ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार मोहन वलीले २७९४ मत पाएका छन्।
त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकी प्रेमा बुढाथोकी विजयी भएकी छिन्। उनले ५७५० मत ल्याएर विजयी भएकी हुन्।
उनकी निकटतम् प्रतिस्पर्धी एमालेकी कमला भण्डारीले ४०२८ मत प्राप्त गरेकी छिन् भने माओवादी केन्द्रकी राधिका परियारले ३०८० मत ल्याएकी छन्।
यसअघि पनि शान्तिनगरमा कांग्रेसले नै जितेको थियो। शान्तिनगरमा २० हजार ८६३ मध्ये १४ हजार ८०१ मत खसेको थियो।
एमालेले वडा थप्यो, माओवादी एक वडामा खुम्चियो
०७४ सालको स्थानीय तहको निर्वाचनमा शान्तिनगर गाउँपालिकामा एमालेले एउटा मात्रै वडा जितेको थियो। माओवादीले तीन वटा र कांग्रेसले तीनवटा वडा जितेको थियो।
तर, यसपटक एमालेले एउटा वडा थप्न सफल भयो भने माओवाले दुई वडा गुमाउँदै एक वडामा खुम्चिएको छ।
एमालेले वडा नं. ४ र ६ जित्न सफल भयो। यसअघिको निर्वाचनमा पनि एमालेले ४ नम्बर वडा जितेको थियो । कांग्रेसले जितेको ६ नम्बर वडा पनि यसपटक जित्न सफल भएको छ।
तर माओवादी केन्द्रले वडा नं १ मा मात्र जित्न सफल भएको छ। यसअघि ०७४ को निर्वाचनमा ५ र ७ नं वडा जितेकोको माओवादीले यी दुई वडा गुमाउँदै एक वडामा खुम्चिएको छ।
योसँगै दाङमा दस पालिका मध्ये पाँच पालिकाको मत परिणाम आइसकेको छ। जसमा कांग्रेसले चार पालिका र माओवादीले एक पालिकामा जित निकालेको छ।