सोमबार, १५ डिसेम्बर २०२५

उर्लाबारी नगरपालिका–५ मा एमाले विजयी 

News Image
• • •

 मोरङको उर्लाबारी नगरपालिका वडा नं–५ मा एमाले विजयी भएकाे छ।

वडाअध्यक्षमा एमालेका उम्मेदवार रबिन लामा विजयी भएका हुन्। 

नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदका उम्मेदवार तुलबहादुर थापा (रोहित) लाई उनले १६४ मतले हराएका हुन्। 

कांग्रेस नेताहरुको गृह वडा मानिने ५ वडामा लामाले लाेकप्रिय मतले जितेका हुन्। 

वडा नं–५ प्रदेश सांसद उठेका ललीत अधिकारी, उर्लाबारी नगरपालिकाका निवर्तमान मेयर तथा वर्तमान कांग्रेसका प्रदेश सह-महामन्त्री खड्ग बहादुर फागो,  कांग्रेस उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्बू, तरुण दल उर्लाबारी नगर सभापति योगराज फागो, कांग्रेस केन्द्रिय महिला सदस्य शोभा चेम्जोङ पालुङवा  नेबिसंघ उर्लाबारी नगर सभापति बिबेक कार्कीसमेत रहेकाे वडामा लामा विजयी भएका हुन्। 
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!